बलात्कार र बालिकामाथि यौन दुर्व्यवहार गरी भिडियो बनाउने व्यक्ति पक्राउ
पाेखरा | भदौ २, २०८२
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले पीडित र आरोपी दुवैको पहिचान गोप्य राखेको छ ।
नेनेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन ९एनसिएमइसी० बाट विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री राखिएकोबारे साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा ब्यूरोले अनुसन्धान गर्दै जाँदा कास्कीका एक व्यक्तिले आफ्नै हाडनाताकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको तथा अर्की एक बालिकालाई समेत बाल यौन दुर्व्यवहार गरी त्यसको समेत भिडियो आफ्नो डिजिटल प्लेटफर्ममा राखेको खुलेको थियो । त्यसपछि ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कास्कीको संयुक्त टोलीले आरोपीलाई पोखराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतका तीनवटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

